२०८१ असोज ४ गते शुक्रवार

मोतिपुरबासी तटबन्ध निर्माणसँगै खुसी


तुलसीपुर, चैत्र ११ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का मोतिपुरबासीले बबई नदीको किनारमा बनेको तारजालीको तटबन्ध देखेपछि खुसीले भने ‘यो वर्षामा बल्ल राम्रोसँग सुत्न पाइने भयो ।’ वर्षातको समयमा सधै त्रासमा बाँच्न बाध्य मोतिपुरबासी तटबन्ध निर्माणसँगै खुसी भएका छन् ।

‘सरकारले बेलैमा गुनासो सुनेर काम ग¥यो बल्ल बाँच्न पाइने भइयो’ स्थानीय बुद्धिराम चौधरीले भने । यसैबीच स्थानीय तिलकबहादुर बस्नेतको अगुवाइमा निर्माणाधिन तटबन्धको निरीक्षणसमेत गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नगरप्रवक्ता सूर्यबहादुर डाँगी र वडा नम्वर ११ का वडा अध्यक्ष चित्रबहादुर वलीले बाँधको निरीक्षण गरेका थिए । बाँधको निरीक्षण गर्दै नगरप्रमुख पाण्डेले तत्काल बाँकी काम सक्नका लागि ठेकेदारलाई निर्देशन दिएका थिए ।

उनले बाढीपीडितहरुलाई राहत वितरण र घर निर्माणका लागि पहल भइरहेको समेत जानकारी दिए । ‘हामीले केन्द्रमा सबै कुरा लेखेर पठाएका छौँ, तत्काल राहत आउने छ’ उनले भने । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बाँध निर्माणको क्षेत्र केही वनमा पर्ने भएकाले त्यसको समाधानका लागि पहल गर्ने बताए ।

उनले राहत वितरणका लागि बाढीपीडितलाई राहतका लागि निवेदन संकलनसमेत भइरहेको भन्दै छुटेकालाई निवेदन दिनका लागि आग्रह गरे । उनले बन्द अवस्थामा रहेको तटबन्ध निर्माणको काम वर्षात अगाडि नै सम्पन्न हुने गरी अगाडि बढाउन ठेकेदारलाई निर्देशनसमेत दिएका थिए । उक्त अवसरमा स्थानीय समाजसेवी तिलकबहादुर बस्नेतले वर्षा अगाडि नै तटबन्ध निर्माणका काम सम्पन्न गर्नका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *