२०८२ असार ५ गते शुक्रवार

रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार बन्ने अनौपचारिक निर्णय

काठमाडौँ,फागुन १२ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलको बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका छन्।

राष्ट्रपतिको उम्मेदवार कांग्रेसले तय गर्ने भनिए पनि रामचन्द्र पौडेलको नामबारे अनौपचारिक रुपमा टुंगिएको बैठकका एक सहभागीले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा सहभागी थिए।

बैठकले राष्ट्रपतिका उम्मेदवारमा कांग्रेसलाई सघाउने निर्णय गरेको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले गराए।

कांग्रेसले अनौपचारिक रुपमा रामचन्द्र पौडेलको नाम राष्ट्रपतिका उम्मेदवारका रुपमा तय गरिसकेको छ भने आठ दलको बैठकमा पनि उनको नामबारे अनौपचारिक सहमति बनेको थियो।

आठ दलीय बैठकका सहमतिबारे शनिबार बिहान ८ बजे ‍औपचारिक रुपमा जानकारी गराइने एक नेताले जानकारी दिए।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *