शरद रेग्मी,
दाङ, चैत ७ । रिपोटर्स क्लब दाङको बृहत् होली मिलन बिहिवार दाङको तुलसिपुरमा सम्पन्न भएको छ । आपसी सदभाब र एकताको पर्वका अबसरमा रिपोर्टस क्लबले जिल्लाका सबै क्षेत्रका ब्यक्तिहरुको सहभागी बनाएर होली मिलन गरेको थियो । सो अबसरमा तुलसीपुरका समाजसेवी प्रमोद लामिछाने र उहाकि धर्मपत्नी रमा लामिछानेले रिपोर्टस क्लबमा जिल्लामै सबैभन्दा ठुलो राशिको अक्षयकोष स्थापना गरेका छन ।
स्वर्गीय बुवा दुर्गा लामिछाने र आमा मोता देबि लामिछानेको स्मृतिमा होली पर्वको अबसरपारि लामिछाने दम्पतीले एक लाख १५ हजार ५५५ रुपैयाँको दुर्गा मोतादेबि पत्रकारिता पुरस्कार स्थापना गरेका थिए । रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको होली मिलन समारोहमा दाङ क्षेत्रनम्बर ३ का निर्वाचित प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसिले दाङको पत्रकारिताले देशमै नमुना र केन्द्रीय स्तरमा आफ्नो महत्त्वपूर्ण उपस्थित जनाउन सफल भएको भन्दै आफु जहिले पनि यस क्षेत्रको बिकासमा लागिपरेको बताए। उनले होली पर्वले सबैलाई एकताबद्ध गर्न र आपसि सद्भाव कायम गर्न भुमिका खेल्ने समेत बताए ।
कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जिल्लामा आपसी सद्भावलाई कायम गर्दै सबैले शान्ति पुर्ण तरिकाबाट चाडपर्वलाई मनाउनुपर्ने बाताबरणको श्रृजना भएको बताए । उनले चाडपर्वमा सबै जना खुसि र सभ्य भएर खुसि साटासाट गर्न समेत आब्हान गरे। सो अबसरमा प्रदेश प्रहरी प्रमुख डिआईजि पिताम्वर अधिकारीले भयरहित बाताबरणमा सबैले आफ्नै तरिकाबाट होलि मनाउनुपर्ने बताए । उनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वमा विशेष सुरक्षा रणनितिको प्रयोग हुदै आएको जानकारि दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका युवा नेता सुरेन्द्र खडका,तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावत,निबर्तमान अध्यक्ष बिमल रिजाल ,वरिष्ठ पत्रकार टिकाराम रेग्मी ,महिला अधिकारकर्मी सुष्मा गिरि,अक्षयकोष स्थापना गर्ने दाता प्रमोद लामिछाने लगायतकाले शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमको सहजिकरण रिपोर्टस क्लबमा महासचिव बिमल गौतमले गरेका थिए । यसअघि रिपोर्टस क्लब दाङमा ५१ हजार देखि माथिका ७ वटा पत्रकारिता पुरस्कार स्थापना भैसकेका छन ।