२०७७ कार्तिक ५ गते बुधवार

बलजफती होली नदल्न आग्रह गर्दा निर्घात कुटपिट

दाङ, चैत ७ । बहिनीलाई बलजफती होली नदल्न आग्रह गर्दा दाङमा एकजना दाजुमाथि युवाहरुले निर्घात कुटपिट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रही विदामा घर दाङको तुलसीपु्र उपमहानगरपालिका वडा नं. १८ निवासी जितबहादुर चौधरीमाथि विहीवार युवाहरुको एक समुहले निर्घात कुटपिट गरेको छ ।

टाउको र खुट्टामा चोट रहेका घाइते चौधरीलाई तुलसीपुरका सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँके रेफर गरिएको छ । घाइते चौधरीको दिदी सीता चौधरीले बहिनी शोभामाथि १० ÷१२ जनाको संख्यामा आएका युवाहरुले बलजफती लखेटी लखेटी होली दल्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा भाई माथि उनीहरुले कुटपिट गरेको जानकारी दिइन । युवाहरुको समुहले कुटपिट गरि चौधरीलाई नजिकै रहेको खोलाको पुलवाट फालिदिएको दिदी सीता चौधरीले बताइन ।

यसैबीच कुटपिटमा संलग्न एकजना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले १८ बर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको र माधव वली लगाएका युवाहरु फरार रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *