२०८१ बैशाख १२ गते बुधवार

फेरि आँफुलाई गृहमन्त्री बनाउन रबीको आग्रह

काठमाडौं, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि आफूलाई गृह मन्त्री बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आइतबार नेपाली नागरिकता प्राप्त गरेकै दिनले रबीले त्यस्तो आग्रह गरेका हुन ।

त्यसअघि अमेरिकी नागरिकता लिएका रबीले नेपाली नागरिकता लिनका लागि औपचारिक प्रकृया पुरा नगरेको देखिएको भन्दैै सर्बौच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो । त्यसैले ३२ दिनमै उनको गृहमन्त्री पद गुमेको थियो ।

लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।

रबीले अब हुने उपनिर्वाचनमा समेत आँफू बिजयी हुने दाबी गर्दै आँफुलाई गृहमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने रबीलाई कानुनविद्हरू र निर्वाचन आयोगसंग परामर्श गरेर मात्रै अगाडि बढ्ने जबाफ फर्काएका थिए ।

त्यसअघि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पनि बालुवाटारमा भेट भएको थियो।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *