२०८१ भाद्र २५ गते मङ्गलवार

अपाङ्गको सहारा बन्न सकेन खगेन्द्र नवजीवन केन्द्र


दाङ, ५ चैत ।
कुनैबेला हात नभएका अपाङ्गहरुलाई कृतिम हातसमेत उपलव्ध गराई अर्थोपेडिक अस्पतालसमेत सञ्चालनको तयारीमा रहेका घोराही झिंगौरास्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र दाङ स्वर्गद्वारी शाखा अहिले सुनसान छ । नवजीवन केन्द्र नामको संस्था आफै अपाङ्गजस्तै बनेको छ ।

संस्थालाई नेतृत्व दिन सक्ने सक्षम व्यक्तिको अभावसँगै दाताहरुको सहयोग पनि बन्द भएपछि संस्थाको यो अवस्था आएको हो । चार कोठे छात्राबाससहित सुविधा सम्पन्न कार्यालयसमेत रहेको सो संस्थामा अहिले दुईजना कर्मचारीलाई मासिक पारिश्रमिक दिनसमेत हम्मेहम्मे परेको छ । एकजना कार्यालय सहयोगीलाई कार्यसमितिले गुजारा खर्च बाफत साढे ४ हजार रुपैयाँ दिने गरेको छ ।

अर्का कर्मचारी तथा कार्यालय सचिवलाई भने मासिक १२ हजार रुपैयाँमा संस्थाले राखेको छ । संस्थामा (क) वर्गका अपाङ्गहरु आवद्ध छैनन् । १९ जनाको वर्तमान कार्यसमितिमा पाँचजना मात्र अपाङ्ग छन् । मुख्य पदाधिकारीमा सांग व्यक्तिहरु छन् । ‘स्थानीय तहले केही पैसा दिन्थ्यो र केही सीपमूलक तालिम हुन्थे, तर यो बर्षदेखि नगरपालिकाले सहयोग रोकेकाले संस्थाले गतिविधि अगाडि बढाउन सकेन’ संस्थाका अध्यक्ष श्रीमण न्यौपानेले भने ।

संस्थाले दाताहरुबाट सहयोग लिएर पहिले अपाङ्ग पुनस्र्थापनसँगै अर्थोपेडिक अस्पताल समेत सञ्चालनको लक्ष्य राखेको थियो तर हात नभएकाहरुलाई कृतिम हात वितरण वाहेक केही हुन सकेन । अस्पताल सञ्चालनका लागि जुटेका सामानहरुसमेत कवाडलाई बिक्री भएको बताइन्छ ।


अब भने प्रदेश सरकारको सहयोग जुटाएर पुनस्र्थापना केन्द्र बनाउने सोंच बनाएको उनले दावी गरेका छन् । तत्कालिन अवस्थामा प्यूठानको स्वर्गद्वारी आश्रमको जग्गा भोगाधिकार लिएर संस्थाले कार्यालय सञ्चालन गरेकाले यसको शाखाको नाम पनि स्वर्गद्वारी दाङ शाखा राखिएको बताइन्छ । विसं २०५४ शालमा स्थापना भएको संस्थामा ल्याण्डलाइन टेलिफोन र वाइफाइ सेवा उपलव्ध छ, तर वाइफाइ चलाउने भने कोहि आश्रित अपाङ्ग छैनन् ।

कतिवेला बन्द हुने हो भन्ने अन्यौल रहेको छ । ‘दिनभरी कार्यालय खोल्ने र रातभरी चौकीदारीको समेत काम गछौं, तर तलब मासिक साढे ४ हजार मात्रै छ’ कार्यालय सहयोगी सुविता चौधरीले भनिन् । सोमबार कार्यालयमा उनीमात्रै थिइन् । संस्थामा अचल सम्पत्तिमा कम्प्युटर, फर्निचर र दश थान सिलाइ कटाइ मेसिनहरु समेत रहेका छन् ।

संस्थाले दाताहरुबाट सहयोग लिएर पहिले अपाङ्ग पुनस्र्थापनसँगै अर्थोपेडिक अस्पताल समेत सञ्चालनको लक्ष्य राखेको थियो तर हात नभएकाहरुलाई कृतिम हात वितरण वाहेक केही हुन सकेन । अस्पताल सञ्चालनका लागि जुटेका सामानहरुसमेत कवाडलाई बिक्री भएको बताइन्छ । रतनपुर चौकमै अर्थोपेडिक अस्पताल र संस्थाको साइनबोर्ड पनि थियो । तर अहिले साइनबोर्ड पनि हटाइएको छ । गुमनाम जस्तै छ, अपाङ्ग नवजीवन केन्द्र ।

एउटा कार्यालय भवन र ४ कोठे छात्रावाससमेत रहेको अपाङ्ग नवजीवन केन्द्र अपाङ्गहरुको साथी बन्न नसकेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ । यो बर्ष १० जनालाइै सिलाइ कटाइ तालिम बाहेक अन्य गतिविधि सुन्य रहेको बताइएको छ । त्यसमा अपाङ्गहरुको सहभागिता पनि नगन्य रहेको स्वयम् अपाङ्गहरुले बताएका छन् ।

 

 

 

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *