तुलसीपुर,माघ १२ । तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका तुलसीपुर – १३ बखरियाका नुमलाल चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
बुधबार बेलुका साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका १२ पुकार पसल नजिक तुलसीपुरदेखि जसपुर तर्फ जाँदै गरेको रा ७ प ४०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा तुलसीपुर उपमहानगरपालिका १३ बख्ररीया निवासी २९ वर्षिय नुमलाल चौधरी सोही ठाउँ निवासी २६ वर्षिय सेवक आर्चाय र १९ वर्षिय झक्कु चौधरी गम्भिर घाइते भएका थिए ।
घाइते मध्ये बखरिया निवासी २६ वर्षिय सेवक आचार्य र १९ वर्षिय झक्कु चौधरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपश्चात डिस्चार्ज गरिएको छ भने अर्का घाइते नुमलाल चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको अस्पतालले जनाएको छ ।
उनीहरु मापसे गरि एउटै मोटरसाइकलमा तीन जना सवार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।