२०७७ फाल्गुन १९ गते बुधवार

गढवामा भालुको आक्रमणवाट एकजना गम्भीर घाइते

दाङ, चैत ४ । दाङमा भालुको आक्रमणवाट एकजना व्यक्ति गम्भीर घाइते भएका छन् । गढवा गाउँपालिका वडा नं.६ मनिकापुर निवासी ५५बर्षीय पुरन रोका मगर भालुको आक्रमणवाट गम्भीर घाइते भएका छन् ।

घाइते मगरको हाल बाँकेस्थित नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ । स्थानीय जंगलमा बाख्रा चराउन गएका मगरलाई आइतवार बेलुका ५ बजेतिर भालुले एकाएक आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

भालुको आक्रमणवाट मगरको बायाँ गाला, आँखा, नाक र पाखुरामा गहिरो घाउ भएको प्रहरीले बताएको छ । जंगलमा बाख्रा खोज्दै हिडेका दुईजना मध्य मगरलाई भालुले एकाएक झम्टिएको थियो । उनीसंगै गएका अर्का व्यक्तिले पछि अचेत अवस्थाका मगरलाई उद्धार गरि जंगलवाट बाहिर ल्याएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *