२०८१ भाद्र २६ गते बुधवार

भौतिक निर्माणको लागि सहयोगको माग

तुलसीपुर, ३ चैत । नेपाल नेत्रज्योति संघ दाङले सभामुख कृष्णबहादुर महरासंग राप्ती आँखा अस्पतालको भौतिक निर्माणको लागि पहल गरिदिन आग्रह गरेकोछ । संघका पदाधिकारीहरुले सभामुख महरालाई भेटगरि अस्पतालले तयार पारेको गुरुयोजना तथा निर्माण सुरुगरेको ओ.पी. डी भवनका लागि आवश्यक वजेटको वारेमा जानकारी गराएको संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।

गिरीले सो अवसरमा विगत ३० बर्ष देखि साविक राप्ती अञ्चलमा आँखा स्वास्थ्य सेवा प्रदान गदै आइरहेको अस्पतालमा हाल विरामीहरुको चाप दिनप्रतिदिन बढदै गएको र भौतिक संरचना नहुँदा सेवा प्रयाप्त नदेखिएको हुँदा आवश्यक सहयोगको लागि सभामुखलाई आग्रह गरेका थिए । सभामुख समक्ष संघले अस्पतालको भौतिक निर्माणका लागि तयार पारेको गुरुयोजना र ओ.पी.डी भवनको लागत अनुमानित बजेट विनियोजनका लागि सम्बन्धित कार्यालयमा सहयोग गरिदिन अनुरोध गरेको संघका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सो अवसरमा सभामुख कृष्णबहादुर महराले अस्पतालको भौतिक विकाशका लागि आफुले सक्दो सहयोग गर्ने बताए । उनले अस्पतालले तयार पारेको गुरुयोजना र भौतिक निर्माणका लागि आवश्यक बजेट बिनियोजन गराउन सम्बन्धित मन्त्रालयलाई सिफारीस गर्ने बताएका थिए । ‘ अस्पतालको विकाशका लागि मेरो तर्फबाट हुने सवै सहयोग हुनेछ, तपाईहरुले तयारपारेको गुरुयोजना, आवश्यक बजेटका लागि सम्बन्धि मन्त्रालयलाई सिफारिस मेरो तर्फबाट हुन्छ – सभामुख महराले भने । संघका सभापति कृष्णकुमार गिरी, सचिव सुरेन्द्रबहादुर खड्का, कोषाध्यक्ष श्यामप्रकाश आचार्यसहितको टोलीले भेटगरेको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *