२०७७ कार्तिक ५ गते बुधवार

विद्यार्थीले राउटेलाई चामल सहयोग गरे

तुलसीपुर, चैत्र ३ । तुलसीपुरको ज्ञानदीप कलेजका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । कलेजका विसिए कार्यक्रम अन्तर्गत चामलको अभावमा भौकै बस्ने राउटे समुदायलाई सहयोग गर्न भन्दै विद्यार्थी दाङदेखि चामल वोकेर सुर्खेत पुगेका हुन् ।

चामल टेम्पोबाट झार्ने वित्तिकै मध्यान्हको समयमा टेन्ट मुनि वसिरहेका राउटेहरु चालम लैजानका लागि घेरा मारेर भेला भएका थिए । चामलको अभावमा धेरै दिनदेखि आधा पेट खान वाध्य राउटेले चामल दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । साना वालवालिकाले समेत आफ्नै भाषामा हात जोडेर स्वागत गरेका थिए ।

‘केही नपाएर भोकै वसेका थियौ, वल्ल खान पाइने भो’ राउटे सुर्यनारायण शाहीले खुसी व्यक्त गरेका थिए । उनले दुइ दिन अगाडी मात्रै वस्ती सारेकाले खानको अभाव भएको वताए । ‘तपाईहरुले चामल ल्याइदिए पछि अब हाम्रा वालवच्चा खुसी हुने भए’ शाहीले भने ।

राउटेहरुले खान नपाएको समाचार थाहा पाएर उनीहरु सहयोग लगेर त्यहाँ पुगेको विद्यार्थी साया महर्जनले वताइन् । उनले राउँटेहरुको जीवन शैलीको वारेमा पनि थाहा पाउन आफुहरु त्यहाँ पुगेको बताइन ।

सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर १ जहरे सुर्खेतमा राउँटेहरु वसकै ठाउँमा पुगेर विद्यार्थीले १० क्विन्टल चामल सहयोग गरेका थिए । त्यो उनीहरुले सामुहिक रुपमा संकलन गरेका थिए ।

समाजशास्त्र विषय अन्तर्गत कलेजले विद्यार्थीहरुलाई हरेक सेमेस्टरमा सामाजिक कामहरुमा अग्रसर गराउने कलेजका मानविकी संकाय संयोजक शरद गौतमले वताए । कितावका कुरा मात्रै भन्दा पनि विद्यार्थीहरुलाई फिल्ड मै गएर अध्ययन गराउनका लागि कलेजले व्यवहारिक ज्ञान दिन यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए ।

राउँटे वस्तिमा पुगेर विद्यार्थीले कसरी सफा रहने र शिक्षाको महत्व के छ ? भन्ने वारेमा जानकारी समेत दिएका थिए । शिक्षक वसन्त आचार्यले राउँटेको साँंस्कृतिक पक्षका वारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *