दाङ, माघ ३ । सुदूरपश्चिमको सभामुखमा नेकपा माओबादी केन्द्रका भीम भण्डारी चयन भएका छन । बझाङबाट निर्वाचित उनी पुस २८ गतेको निर्वाचनमा एक मत बदर भएर निर्वाचित हुन सकेका थिएनन् ।
मंगलबार बहुमत पुगेपछि भण्डारी सभामुख चयन भएका हुन । माओवादी भण्डारीले २८ मत प्राप्त गरि निर्वाचित भएका हुन । यो संगै बझाङ जिल्लाले लगातार दोस्रो पटक सुदूरपश्चिमको सभामुख पाएको छ ।
२०७४ सालमा एमाले–माओवादीको बाम गठबनधन हुँदा एमालेबाट निर्वाचित अर्जुन थापा सभामुख थिए । यहाँ सभामुख चुन्न पुस २९ गते दलहरूका बीचमा सहमति जुट्न नसक्दा बैठक बस्न सकेको थिएन ।
पुस ३० गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सासंद तटस्थ बसेका थिए । त्यो दिन यिनै भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल प्रतिष्पर्धामा थिए । दुबैले समान २२ मत प्राप्त गरेका थिए । मंगलबार काँग्रेसका रावलले २० मत पाएका थिए ।
पोखराको बिमान दुर्घटनाका कारण राष्ट्रिय शोक बिदा दिएको हुँदा पुस २ गते निर्वाचन रोकिएको थियो । भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले मत दिएका हुन ।
बिपक्षी उम्मेदवार रावलको पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका ४ मत थिए ।