२०८१ बैशाख ११ गते मङ्गलवार

यस्ता छन्, लुम्बिनी सरकारको प्रथम मन्त्री परिषद् बैठकका निर्णय

दाङ, पुस २८ । लुम्बिनी प्रदेश सरकारको प्रथम मन्त्री परिषद बैठक बिहीबार दिउँसो प्रदेश राजधानी दाङमा बस्यो ।

मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।

समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको दीर्घकालिन सोच र लक्ष्य प्राप्तीलाई मुख्य केन्द्रविन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरिएको छ ।

बैठक पछि प्रवक्ता चेतनारायण आचार्यले आर्थिक असमानता कम गर्दै सामाजिक न्यायको प्रवद्र्धन गर्न आर्थिक अनुशासन, सदाचार एवं भष्ट्राचारमुक्त र नतिजानमूलक प्रशासनिक व्यवस्थापनमा जोड दिने निर्णय भएको बताए ।

प्रदेशमा सुशासन प्रर्वद्धन, शान्ति सु–व्यवस्था, विकास र सम्वृद्धी प्राप्तीका लागि कटिबद्ध भएर कामगर्ने निर्णय भएको प्रबक्ता आचार्यले जानकारी दिए ।

प्रदेशबाट प्रवाह गर्नुपर्ने सेवा र सम्पादन गर्नुपर्ने कार्यहरुमा सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त अवलम्बन गर्दै कानुनी शासनको प्रत्याभूतीमा जोड दिने बैठकले निर्णय गरेको छ ।

जनआन्दोलन, जनयुद्ध र तराई मधेशलगायतका सबै आन्दोलनमा बीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति सम्मान एवं श्रदान्जली अर्पण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कुल १२ वटा मन्त्रालय राख्ने निर्णय भएको पनि प्रबक्ता आचार्यले बताए ।

जसमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, ग्रामिण, शहरी विकास तथा खानेपानी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृती मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय राख्ने निर्णय पहिलो बैठकले गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *