२०८२ माघ २६ गते सोमवार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले लिए शपथ

दाङ,पुस २८ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराएका हुन्।

दिउँसो १ बजे पद तथा गाेपनीयताकाे शपथग्रहणकाे समय ताेकिएकाे थियाे।

मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूकाे टुंगो नलाग्दा मुख्यमन्त्री गिरीकाे शपथग्रहण ढिलागरी भएकाे हाे।

बुधबार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *