२०७८ असार ९ गते बुधवार

सिरक डसना कारखानामा आगलागी १५ लाख बराबरको क्षति

फाइल तस्विर


दाङ, १ चैत ।

घोराहीमा रहेको सिरक डसना कारखानामा आगोलागी हुँदा लाखौंको क्षति भएको छ । शुक्रबार मध्यान्ह साढे १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरस्थित प्रकाश न्यौपानेको घरमा स्थापना गरिएको सिरक डसना पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

अनिल गुरुङले सञ्चालन गर्दै आएको उक्त कारखानामा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो सवा १ बजेतिर नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *