काठमाडौं ,पुस २० । नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ ।
प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार