यमकला भुसाल,
तुलसीपुर, फागुन २८ । आर्थिक सामाजिक र सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै महिला विरुद्ध हुने हिंसाको न्यूनिकरण गदै विभिन्न अभियान सञ्चालन गरेको ओरेक नेपालले आगामी दिनमा त्यसलाई निरन्तर्ता दिदै थप कार्यक्रमहरु स्थानीय तहमा लैजाने जनाएकोछ । महिला पुनस्र्थापना केन्द्र ( ओरेक) दाङले तुलसीपुरमा आयोजना गरेको बार्षिक समिक्षा र योजना बैठकमा सन् २०१९ मा स्थानीय तहमा लैगिक मैत्री वजेट विनियोजनका लागि समन्वयगर्ने, विभिन्न दिवसिय कार्यक्रमहरु गर्ने, महिला सम्वन्धी व्यवस्था भएका विभिन्न कानुनी अधिकारको वारेमा छलफल गर्ने योजना अगाडी सारेको छ ।
त्यस्तै बालविवाह, महिला हिंसा लागु औषध दुव्र्यसनी, बानवेचविखनलगायतका विषयमा कार्यगर्ने बताएकोछ । ओरेकले लैगिक निति निर्माणको लागि पालिका स्तरीय अन्र्तरक्रिया, तुलसीपुरमा सेफ हाउस सञ्चालन गर्ने तगायतका योजनाहरु अगाडी सारेको ओरेक नेपालका जिल्ला संयोजक इश्वरी थापाले जानकारी दिइन् । उनले वितेका एक बर्षमा ओरेकले विभिन्न उपलव्धी मुलका काम गरेको भन्दै आगामी दिनमा पनि महिला हिंसा विरुद्धको अभियान, आर्थिक सामाजिक सांस्कृतिक अधिकारको अभियानलाई शसक्त गराउदै लैजाने बताइन् ।
संस्थाले वितेको बर्षमा विभिन्न विद्यालयमा सेन्टरी प्याडको प्रयोग तथा व्यवस्थापन गरिएको, विभिन्न ११ बटा बालविवाहहरु रोक्न सफल भएको महिलाहरुले महिल हिंसाको वारेमा जानकारी पाई हिंसाका घटनाहरु वाहिर ल्याउन थालेको र महिला स्वास्थ्य परामर्श केन्द्रमा एक हजार एक सय १७ जनाले सेवा लिएको जसमा पाँच सय महिलाहरुको स्वास्थ्य सुधार भएको पाएको कार्यक्रममा जानकारी गराएको थियो ।
ओरेक नेपालका जिल्ला संयोजक इश्वरी थापा तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेर माया आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले ओरेक नेपालले जिल्लामा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार र महिला विरुद्ध हुने हिंसाको न्यूनिकरणका अभियानमा राम्रो काम गरेका भन्दै आगामी योजनामा पनि सहकार्यगरी अगाडि बढने बताएका थिए । कार्यक्रममा वडा अध्यक्षहरु श्याम डाँगी, प्रसुराम चौधरी, वडा सदस्य सुरेश श्रेष्ठ, महिला विकाश अधिकृत गिराकुमारी बस्नेत, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका विष्णु गिरी, महिला अधिकारकर्मी हुमा डिसीलगायले बोलेका थिए । कार्यक्रमको सहजिकरण ओरेक नेपालकी कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन् ।