२०८२ माघ २७ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा प्रमोद खरेलले दर्शकलाई नचाए

तुलसीपुर,पुस ७ । तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सबमा दर्शकको चाप बढदो छ ।

युथ्स अफ क्लब तुलसीपुरको आयोजनामा संचालित महोत्सवको १२औँ दिन बिहिवार पनि चर्चित गायक प्रमोद खरेलले दर्शकलाई नचाएका थिए ।

खरेलले आँफूले बजारमा ल्याएका चर्चित गितहरु गाउँदा दर्शकहरु हुटिङ सहित नाचगान गरेका थिए ।

खरेलले गित गाईसकेर मञ्चबाट विदा हुन खोज्दा दर्शकहरुले हुटिङ गर्दै गित गाउन आग्रह गरेका थिए ।

झमक्कै साँझ परेपछी प्रमोद मञ्चबाट विदाई भएका थिए । त्यहीँ पनि दर्शकहरुले चिच्याउँदै प्रमोदलाई फेरी गित गाउन आग्रह गरिरहेका थिए ।

महोत्सबमा गायक प्रमोद खरेल सगै गायिका टिका सानु, सञ्चारकर्मी तथा गायक प्रेमविवश घर्ती लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका हुन् ।

बिहिवार पनि १० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिए। उनका अनुसार भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने छ ।

भोलि शुक्रबार गायक पशुपति शर्मा, गायिका विन्दु परियार, मोडल आरुसी मगर, गायक प्रेमविवश घर्तीलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने छ ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ ।

महोत्सव पुस ९ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *