२०८१ जेष्ठ १३ गते आइतवार

नयाँ सरकार निर्माणमा ढिलाइ हुँदैन ः देउवा

काठमाडौं, पुस ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब ढिलाइ नहुने बताएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा विलम्ब नहुने बताएका हुन्।

बिहीबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने बताए।

ुगठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ। नयाँ सरकार गठनमा अब ढिलाइ हुँदैन। सबैको सम्मान हुनेगरी शक्ति बाँडफाँट हुन्छ,ु देउवाको भनाइ उद्धृत गर्दै यादवले सेतोपाटीसँग भने।

नेपाल समाजवादी पार्टीले नयाँ संसदबाट नागरिकताको विषय टुंग्याउनुपर्ने र अब गठन हुने सरकारले जनतालाई सुशासनको अनुभूति दिलाउनुपर्ने सुझाव प्रधानमन्त्री देउवालाई दिएको छ।

भट्टराई र यादवले नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएकोमा देउवालाई बधाई पनि दिएका छन्।

भेटमा प्रधानमन्त्री देउवाले शक्ति बाँडफाँटका विषयमा शुक्रबारदेखि गठबन्धनमा छलफल हुने बताएका छन्।

सत्ता गठबन्धनमा सांसदहरूको शपथ ग्रहणपछि शक्ति बाँडफाँटमा छलफल गर्ने सहमति भएको थियो।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *