२०८१ भाद्र २५ गते मङ्गलवार

साढे ५ घन्टाको उपचार पछि शान्ता चौधरी डिस्चार्ज

दाङ,फागुन २८ । संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी साढे ५ घन्टाको उपचार पछि डिस्चार्ज भएकी छन् ।

मंगलवार विहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो । विहान साढे ९ बजे अस्पताल लगिएकोमा उनलाई साढे २ बजे डिस्चार्ज गरिएको हो । चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको थियो ।

धपेडी र उच्च रक्तचापका कारण उनी बेहोस भएको अस्पताले जानकारी दिएको छ । यसअघि पनि चौधरी पटक÷पटक यसैगरी विरामी हुने गरेकी छिन् । ‘म कहिले व्लड प्रेसर लो भएर र कहिले हाई भएर समस्यामा पर्दै आएकी छु,’चौधरीले भनिन्‘ काठमान्डौंको खुल्ला मञ्चमा आयोजित कार्यक्रममा पनि म बेहोस भएपनि अस्पताल लगिएकी थिए।’

उनले आफु अहिले समेत गरेर ४÷५ पटक बेहोस भइसकेको जानकारी दिइन । त्यसक्रममा उनले आफुलाई नजिक आउँदै गरेको एसइई परिक्षाले गर्दा तनाव वढेको बताएकी थिइन । १८ बर्ष कम्लहरी जीवन व्यथित गरेकी चौधरीले यसैबर्ष एसइई परिक्षा दिने तयारी गरिरहेकी छन् । यो वर्षको एसइई परिक्षा आगामी चैत १० गतेदेखि हुँदै छ ।

यो पनि पढ्नुहोस

शान्ता चौधरी बेहोस,अस्पताल भर्ना

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *