२०८१ जेष्ठ १७ गते बिहिवार

माओवादी केन्द्रले सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

काठमाडौं ,पुस ५ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।

नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवम् माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए ।

शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ ।

‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको होु, उनले भने,’संसदीय दलको नेता प्रचण्ड नै हो ।’

सङ्घीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधि सभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधि सभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कुल ३२ सांसद छन् ।

केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *