दाङ,फागुन २८ । सल्यानमा भएको ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. १ शान्तिनगरमा सोमबार बेलुकी ८ बजेतिर भएको ट्रयाक्रर दुर्घटना हँुदा शारदा नगरपालिका १२ का २३ बर्षीय चालक कृष्णबहादुर डाँगी र सोही वडाको चिसापानी निवासी १३ बर्षीय प्रकाश बुढाथोकीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्रबहादुर शाहीले उनीहरु दुबै जनाको जिल्ला अस्पताल सल्यान खलंगामा उपचारका क्रममा गएराति नै मृत्यु भएको जानकारी दिए । बालक बुढाथोकी उक्त ट्रयाक्टरमा लिफ्ट मागेर चढेका हुन कि त्यसैमा काम गर्दथे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।
रा १ त ११५१ नं. को उक्त ट्रयाक्टर सल्यानको श्रीनगरदेखि लान्टितर्फ जाने क्रममा दुर्घटना परेको थियो । प्रहरीले मदिरा सेवन गरि चलाएको हुँदा दुर्घटना परेको हुन सक्ने आशंका गरेको छ ।