राजेश खत्री,
दाङ, फागुन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउतलाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन् । राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत सुदुरपश्चिमको भ्रमण पछि १३औं दिन सोमवार तुलसीपुरमा सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले त्यस्तो माग गरेका हुन ।
सिके राउत र नेपाल सरकारका बीचमा भएको सम्झौंता अत्यन्तै भ्रमपूर्ण, अन्यौंल पूर्ण र रहस्यपूर्ण बन्न गएको हुँदा त्यो सम्झौंता रद्द गर्नपनि उनले माग गरे ।
सुरुमा सिके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको भनेर प्रचार गरिएता पनि राउतको मनतव्य र सम्झौंताको दस्तावेजले कहि कतैपनि राष्ट्र विखण्डनको एजेण्डा परित्याग गरेको नदेखिएको थापाले बताए । सिके राउतले उठाउँदै आएको राष्ट्र विखण्डनको एजेण्डा जनमतसंग्रह वाट टुङ्गो लगाउने भन्ने कुरा सार्वजनिक रुपमा उल्लेख गरेको हुँदा त्यो उनको रणनीतिक चालवाजी भएको राप्रपा अध्यक्ष थापाको तर्क छ जनकपुरमा सिके राउत पुग्दा राष्ट्र विखण्डनका नाराहरु लगाएको ,प्ले कार्ड र व्यानर बोकेर प्रर्दशन गरिएको प्रति उनले भत्र्सना गरेका थिए ।
त्यस्तै अध्यक्ष थापाले नेत्रविक्रम चन्द (विप्लव)ले फेरि नँया ढंगले विद्रोह गर्न खोज्नु गलत भएको बताए । उनले आफ्ना राजनीतिक एजेण्डा पुरा गर्नको लागि बन्दुक र हिंसा छोडेर जनताको माझ आउन विप्लवलाई आग्रह गरे । तर राष्ट्र विखण्डनको एजेण्डा बोकेर हिड्नेलाई गला लगाएर सम्मान र स्वागत गर्ने गरेको भएपनि राजनीतिक परिवर्तनको कुरा गर्ने विप्लवलाई दमन गर्छु भन्ने सरकारी नीति भविस्यमा प्रतिउत्पादन हुने सक्ने चिन्ता थापाले जाहेर गरे । सडकमै भएको कार्यक्रम रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको हो ।
माग पुरा नभए चैत १ गतेदेखि आन्दोलन
त्यो भन्दा अगाडि गाडि वाटै सम्वोधन गरेका थापाले आफुहरुले उठाएका मागहरु सरकारले पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने चेतावनी दिएका थिए । राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागि हुन उनले सबैलाई आह्वान गरेका छन् । २०६२÷०६३ को जनआन्दोलनपछि राष्ट्रघाती नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशिलाई नागरिकता दिएको तथा सनातन धर्म र संस्कृती माथि आक्रमण गरेको उलने बताए । कार्यक्रममा पुर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ, दिपक बोहोरा,प्रेमवहादुर भण्डारी लगायतले मनतव्य व्यक्त गरेका थिए । राप्रपाको राष्ट्रिय स्वाभिमान कार्यक्रममा गाडिहरुको लस्कर थियो ।