तुलसीपुर, मंसिर १८। नेपाल संस्कृत विश्वविद्यालय अन्तगर्त केन्द्रिय आर्युवेद विद्यापिठमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् ।
आवश्यक जनशक्ति पूर्तिसहित २१ बुँदे माग राखेर विद्यार्थी आन्दोलित भएका छन् ।
विश्वविद्यालयले माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै विद्यार्थीले उपकुलपति यादव प्रकाश लामीछानेको आवासमा घेराउ गरेका छन् ।
विद्यार्थीले तत्काल माग सम्बोधनको माग सहित उपकुलपतिको आवास बाहिर नाराबाजी गरेका छन् ।
आवासमा तोडफोडसमेत गरेका छन् । विद्यार्थीले उपकुलपतिको आवासको झ्यालको सिसा समेत फुटाएका छन् ।
विद्यार्थीले तोडफोड गरेपछि अहिले उपकुलपतिको आवासबाहिर बाक्लोमात्रामा प्रहरी परिचालन गरिएको छ ।
माग सम्बोधनको लागि उपकुलपतिले प्रतिवद्धता नगर्दासम्म आन्दोलनलाई जारी राख्ने विद्यार्थी अभय प्रताप चौबेले बताए ।
उनले उपकुलपतिलाई विद्यार्थीको भविष्यप्रति गम्भिर बन्न आग्रह गरे।