दाङ, मंसिर १८ । राप्ती नदीमा डुबेर एक किशोरी र एक युवतीको मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरुको शब आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए ।
उनीहरु नुहाउन गएको र त्यही क्रममा डुेबेको प्रहरीले जानकारी दिएको छ ।
दुवै शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंजमा ल्याउन थालिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
