२०८१ माघ ३ गते बिहिवार

तुलसीपुरमा ३१औं अन्तर्राष्ट्रिय अपांग दिवस मनाइयो

तुलसीपुर,मङ्सिर १७ । समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त समतामुलक विश्वका लागि ऊर्जावान सृजनशीलताको प्रावधान भन्ने मूल नाराका साथ ३१औं अन्तर्राष्ट्रिय अपांग दिवस मनाइएको छ ।

अपांग समाज सुधार केन्द्रको मुख्य आयोजना तथा राप्ति बहिरा संघ, दाङ नेत्रहीन संघ, अपांगता सेवा केन्द्र, अपांगता सेवा संघको सह-आयोजना एबम तुलसीपुर उपमहागरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा, अपांगता भएका ब्यक्तिहरुको नगर स्तरीय सञ्जालको समन्वयमा ३१ औं अन्तराष्ट्रिय अपांग दिवस मनाइएको हो ।

अपांग समाज सुधार केन्द्रको अध्यक्ष ईश्वरी प्रसाद खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय शभा सदस्य जगप्रसाद शर्मा अपारलेअपांगता भएका ब्यक्तिहरुको धेरै समस्या हुने हुँदा रोजगार लगायत का कुरामा रजय गम्भीर हुनु पर्ने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नगरका सबै नागरिकलाई खुसी र मानव मैत्री वातावरण उपलब्ध गराउने बताइन।

उनले त्यसभित्र अपांगता भएकाहरुको लागि शिक्षा, रोजगार, स्वस्थ्यको कुनै समस्या नहुने र तुलसीपुर उपमहानगर पालिका अठोटका साथ काम गर्ने बताइन ।

नगरस्तरीय अपाङ्ग सञ्जालको अध्यक्ष तिलसरा पुनले आर्थिक अभावले सबै भन्दा छिटो छुने अपांग भएका ब्यक्तिहरु भएको बताइन ।
उनले अपांग भएका ब्यक्तीलाई हरेक निर्वाचनमा भोटको लागि मात्र प्रयोग नगरी आधारभूत आवश्यकता पूरा गर्दिनु पर्ने तर्क गरिन ।

दाङ नेत्रहीन संघका गणेश गन्धर्वले अपांग अनि दलित हुनुले आफूलाई सधै समाजबाट हेपाहा प्रवृत्ति हुने बताए । राज्यले दृष्टिविहीन अपांगहरुको व्यबस्थापनमा आवाज उठाउनु उनले बताए ।

राप्ति बाहिर संघका अध्यक्ष रीता चौधरीले दोभासेको अभावमा सूचना सम्प्रेषणमा अवरोध हुने हुनाले पहुंचयुक्त वातावरणमा उपमहानगरपालिकाले दोभाषेको ब्यबस्था गरिदिन अपिल गरिन ।

अपांगता भएका व्यक्तिहरूलाई आय आर्जनमा जोड्न नसके सधैं कमजोर हुने भन्दै उनले अपांग व्यक्तिहरुका जीवनयापन गर्न रोजगारमा समावेश गर्नुपर्ने , सिपमुलक तालिम सञ्चालन गर्नु पर्ने बताइन ।

अपांग सेवा संघका सचिव बसन्ती ओलीले अवसर पाए सपाग जस्तै अपांगले पनि काम गर्न सक्ने विश्वास व्यक्त गरिन ।

उनले एकदिन आउने दिवसमा मात्र नभई हरेक दिन आफ्ना दबिएका आवाज उठाउन सबै अपांग व्यक्तिहरूलाई अपिल गरिन ।

संस्थाका कार्यक्रम संयोजक हुमकान्त कडेलले अपांगता भएका ब्यक्तिहरुको धेरै समस्या हुने हुँदा रोजगार लगायतका कुरामा राज्य गम्भीर हुनु पर्ने बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष अजय कुमार शर्माले अपांगता भएका ब्यक्तिहरु गरिब हुने विकास र उन्नतिलाई लागि काम गर्दिन आग्रह, अपांगता मैत्री पहुँचयुक्त वातावरण, दोभासे अभाव, बारम्बार आवाज उठाउँदा पनि कहिले समस्याको समाधान गर्न संवेदनसिल नहुने हुनाले कहिले सहज जीवन जिउन नसक्नु दुखद कुरा भएको बताए।

केन्द्रका सदस्य बचुराम नेपालीले स्वागत मन्तव्यबाट सुरु भएक कार्यक्रमको सञ्चालन संस्थाका खिन्टु गिरीले गरेका थिए

कार्यक्रममा संस्थाका सचिव पल्सिङ रावतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच दिबसका अबसरमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडद्वारा अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तण गरेको थियो ।

सामाग्री हस्तान्तरण गर्दै लिमिटेडका ईश्वर प्रधानले अपांगता भएको व्यक्तिहरुको क्षमता फरक खालको र बिशिस्ट हुने भन्दै उनिहरुमा पनि सपाङ्ग भन्दा बढी क्षमता हुने तर्क गरे ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *