२०८१ जेष्ठ १६ गते बुधवार

यी हुन,दाङमा १ सय मत नकटाउने उम्मेदवार !

दाङ, मंसिर १७ । दाङमा २५ राजनीतिक दलले १ सयभन्दा कम मत ल्याएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार दाङमा निर्वाचनमा भाग लिएका २५ दलले सय भन्दा कम मत ल्याएका हुन् ।

मंसिर चार गते भएको निर्वाचनमा आमूल परिवर्तन मसिहा पार्टी नेपालले ९५, जनता समाजवादी पार्टी, नेपालले ८८, नेपालका लागि नेपाली पार्टीले ६६, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५०, जनजागरण पार्टी नेपालले ४४, सामाजिक एकता पार्टीले ४३, नेश्नलिष्ट पिपल्स पार्टीले ४३ मतमात्रै प्राप्त गरेका छन् ।

यस्तै मौलिक जरोकिलो पार्टीले ४२, नेपाल लोकतान्त्रिक पार्टीले ४१, राष्ट्रिय नागरिक पार्टीले ४०, एकीकृत शक्ति नेपालले ३५, बहुजन एकता पार्टी नेपालले ३३, तराई मधेश लोकतान्त्रिक पार्टीले ३३, विवेकशील साझा पार्टीले २९, नेपाल संघीय समाजवादी पार्टीले २७, मितेरी पार्टी नेपालले २३ मत प्राप्त गरेको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले २२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २०, जनता प्रगतिशिल पार्टी, नेपालले १६, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले १३, नेपाल जनता पार्टीले ११, बहुजन शक्ति पार्टीले ९, नेपाल समावेशी पाटीले ९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ८ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *