सर्लाही,मंसिर १७ । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सुतेकै कटेजमा मृत अवस्थामा फेला परेका छन ।
सर्लाहीको लालबन्दी नगरपालिका – १३, पत्थरकोटमा रहेको होलिडे रिसोर्टको कटेजमा उनको शव शनिबार बिहान मृत अवस्थामा भेटिएको हो ।
नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन भट्टराई शुक्रबार राति सर्लाही आइपुगका थिए ।
सप्तरी सदरमुकाम राजविराज घर भएका ६७ वर्षीय भट्टराई शुक्रबार बेलुका खाना खाएर कटेजमा सुत्न गएका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
भट्टराईको निधनपछि नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभा स्थगित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिए ।
भट्टराई लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय थिए ।