२०८१ बैशाख ८ गते शनिवार

बिबादित कार्यकारी डाँगीको सरुवा गर्ने लिखित सहमती

टेकबहादुर पुन,लमही,मङ्सिर १५ । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई यथाशीघ्र सरुवा गरिने लिखित सहमती भएको छ ।

आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगरावज चौधरी, उपप्रमुख लक्ष्मी योगी विच बिहिवार बेलुका भएको छलफल पछी प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने लिखित सहमति भएको हो । सहमति पश्चात् केहीदिन देखि चर्किएको आन्दोलन टुंगिएको छ ।

वडा अध्यक्ष सहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहिवार लमही नगर विकास समितिको कार्यालय घेराउ गरेका थिए ।

डाँगी नगर विकास समितिको कार्यालयमा रहेको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत पक्ष घेराउ गर्न पुगेका थिए ।

कर्मचारीहरु आइवार देखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । मनोमानी रुपमा प्रमुख प्रशासकिय अधिकृतले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा उत्रिदै आएका थिए ।

पछिल्लो पटक सरुवा भएको केही हप्ता भित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएपछी आन्दोलन चर्किदै आएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *