२०८२ मङ्सिर २२ गते सोमवार

सरस्वती माविमा आइ.सी.टि क्लव गठन

दाङ, मंसिर १५ । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा आइ.सि.टि. क्लव गठन गरिएको छ ।

डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत विद्यार्थीहरुको आज सम्पन्न भेलाले खुमराज केसीको अध्यक्षतामा २१ सदस्यीय आइ.सि.टि. क्लव गठन गरेको हो ।

समितिको उपाध्याक्षमा नविन नाथ र देवियानी शाही, सचिवमा बिजय वि.क., सह—सचिवमा प्रिति चौधरी र कोषाध्यक्षमा पूर्णबहादुर खत्री आम सहमतिमा चयन भएका छन ।

समितिको सदस्यहरुमा सुवास वली, दिपक खड्का, अमृत भण्डारी, पुनम वली, गोमा घर्तिमगर, नविना विश्वकर्मा, सीता डाँगी, खिमा बिष्ट, अमृता बस्नेत, पुष्पा घर्तिमगर,विद्या खड्का, राहुल बुढामगर, लक्ष्मण वली, भरत वली र सुरेश पुन मगर रहेका छन ।

कम्प्यूटर एशोसियशन अफ नेपाल क्यान महासंघ दाङका अध्यक्ष कर्ण पुनको सभापतित्व एंव विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा सहायक प्रधानाध्यापक प्रकाश डाँगी, कार्यक्रम कोर्डिनेटर हेमराज शर्मा, शिक्षकहरु सुरेन्द्र रिजाल, आशिष आचार्य, राजिव बस्नेत लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण क्यान महासंघ दाङका बरिष्ठ उपाध्याक्ष माधव अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *