सुनसरी,मंसिर १५ । सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन ।
प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।
उनीहरु बीचको मतान्तर १ सय १२ मत रहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार