तुलसीपुर,मंसिर १५ । मेला–महोत्सवको विरोधमा आज पनि तुलसीपुर बजार बन्द गरिएको छ । तुलसीपुरको हात्तिखौवामा आजदेखि सञ्चालन हुन लागेको लुम्बिनी प्रदेश स्तरिय प्रथम ब्यापारिक महोत्सवको विरोधमा बजार बन्द गरिएको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघले मेलाको बिरोधमा आज बिहानैदेखि बजार बन्द गराएको छ ।
महोत्सवको विरोधमा तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सको संयुक्त आब्हानमा बजार बन्द गरिएको हो । बुधबार पनि उद्योग वाणिज्य संघले बजार बन्द गराएको थियो ।
यता मेला आयोजक युथ्स अफ तुलसीपुरले भने कुनै पनि हालतमा महोत्सव नरोकिने जनाएको छ ।
क्लवले बिहान साढे ११ बजेदेखि तुलसीपुरको त्रिशिदेश्वरी मन्दिर परिसरबाट झाँकी जुलुससहित महोत्सव स्थलमा गएर मेला उद्घाटन गर्ने जनाएको छ ।
साथै उक्त महोत्सको उद्धघाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले गर्ने कार्यक्रम तय भएको छ ।
