तुलसीपुर,मंसिर १४ । तुलसीपुर उद्योग वाणिज्य सघंले बिहिवार पनि तुलसीपुर बजार बन्द गर्ने घोषणा गरेको छ ।
सघंले बुधवार बेलुका पत्रकार सम्मेलन गरि तत्कालका लागि मेला महोत्सवका कार्यक्रम स्थगित नभएको खण्डमा महोत्सव स्थलमै गएर विरोध गर्ने जानकारी दिएको हो ।
विहीबारदेखि तुलसीपुरको घोराही रोडमा उद्घाटन हुन लागेको महोत्सवको विरोध गर्न साविक राप्ती अञ्चलका सबै उद्योग बाणिज्य संघहरु दाङ आउन लागेको संघका महासचिब विनिल केसीले बताए ।
मेला– महोत्सव अहिलेको आबश्यकता नभएको भन्दै यसको विरोधले कडा रुप लिने अध्यक्ष रामप्रसाद चालिसेले बताए । उनले क्लबको बिना उद्देश्यमा महोत्सव लगाउन मिल्ने वा नमिल्ने बारेमा पनि सबैले बुझ्नु पर्ने बताए ।
‘ब्यसायीहरुका संस्थाहरुले सबै ब्याबसायीको सहमतिमा मेला लगाउन पाउने हुन्छ,किनकी त्यो ब्यबसायीहरुकै हितमा हुन्छ,उनले भने,‘तर एउटा क्लबले कसरी ब्यबसायीक महोत्सव लगाउन सक्छ ।’
बुधबार पनि दिनभर तुलसीपुर बजार बन्द गरिएको बताउँदै चालिसेले यो आन्दोलन भोलि पनि चल्ने बताए ।
तुलसीपुर उद्योग वाणिज्य सघंले अर्को सुचना जारी नभएसम्म तुलसीपुरका सबै व्यापार व्यवसायहरु बन्द गर्ने पनि जनाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अहिले मेला महोत्सव आयोजना गर्ने उपयुक्त समय नभएकोले तत्काल मेला महोत्सवलाइ कुनै पनि संघसंस्थालाइ स्वीकृति नदिएको र क्लवले लगाउन लागेको मेलालाई रोक्न पत्राचार गरिसकेको बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि अहिले मेला महोत्सव लगाउने उपयुक्त समय नभएको बताएको छ ।
यस अघि कसले सिफारीस दियो,कसले स्वीकृति दियो भन्दा पनि अव मेला महोत्सव लगाउनका लागि उपयुक्त समय र कार्यविधि बनाएर मात्र तुलसीपुर उपमहानगरपालिकाले मेला महोत्सवका लागि अनुमति दिने नगर प्रमुख टिकाराम खड्काले बताए ।
