तुलसीपुर,मंसिर १४ । तुलसीपुर उद्योग वाणिज्य संघले बिहिवार बिहानै देखि बजार बन्द गरेको छ ।
यूथ्स अफ क्लब तुलसीपुरले ब्यापारीक मेला लगाउने तयारी गरिरहेका बेला वाणिज्य संघले विरोध स्वरुप तुलसीपुर बजार बन्द गरेको महासचिव बिनिल केसीले जानकारी दिए ।
उनका अनुसार ब्यबसायीहरु बिहान ९ बजेदेखि पसल बन्द गरेर विरोधमा उत्रीएका छन ।
मेला महोत्सव सञ्चालनका लागि यो उपयुक्त समय नभएको र चौतर्फी विरोध हुँदा हुँदै पनि एकलौटी रुपमा मेला लगाउनु दुःखद र दुर्भाग्यपूर्ण कार्य भएको भन्दै यसको प्रतिरोध गर्ने केसीले बताए ।
उक्त क्लबले मंसिर १५ गतेदेखि मेला सञ्चालन गर्ने तयारी गरिरहेका बेला तुलसीपुर उद्योग वाणिज्य संघ,दाङ उद्योग वाणिज्य संघले चर्को विरोध गरेका छन् भने जिल्ला प्रशासन कार्यालय दाङले समेत मेला बन्द गर्न परिपत्र गरेको छ ।
‘आम उधोगी,ब्यबसायीको चाहना विपरित स्थानीय प्रशासन र स्थानीय सरकारको निर्णय समेत नमानी तुलसीपुरमा व्यापारिक मेला लगाउन खोजेकोमा हाम्रो विरोध हो,आ-आफ्नो व्यापार,व्यवसाय बन्द गरि विरोध प्रदर्शन गर्नुहुन सबैमा सादर अनुरोध गर्दछौँ । यो हाम्रो हक हितका लागि बाध्यकारी निर्णय भएको समेत हाम्रो प्रष्टयाई रहेको छ ,’अध्यक्ष रामप्रसाद चालिसे र महासचिव बिनील केसीद्धारा संयुक्त जारी विज्ञप्तिमा भनिएको छ ।’
तर, क्लबका अध्यक्ष अरुण लहरेले कुनैपनि हालतमा मेला नरोक्ने दाबी गरे ।
लुम्बिनी प्रदेशस्तरिय कृषि तथा ब्यापारिक महोत्सवको सबै तयारी पुरा भइ सकेको हुँदा कुनैपनि हालतमा मेला नरोकिने उनले बताए ।
मेलाको सबै तयारी पुरा भइ सकेको , लाखौं खर्च भइ सकेको हुँदा मेला रोक्न खोज्नु आँफैमा गलत भएको उनले तर्क गरे । उनले भने ‘उद्योग बाणिज्य संघले सिन्डिकेट लाद्न खोज्नु सही हैन ।’
क्लबका सचिव आकाश भण्डारीले मंगलबार बिज्ञप्ति प्रकासित गरि मेला लगाउन साउन १ गते नै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयबाट अनुपति लिइ सकेको हुँदा सोही आधारमा आँफुहरु अगाडि बढेको बताए ।
उनले ब्यापारिक महोत्सव लगाउन मनोरञ्जन कर बाफत एक लाख बुझाई सकेको र महोत्सवको तयारी कार्य ८५ प्रतिसत पुरा भइ सकेपछि रोक्न बाणिज्य संघ नै लाग्नुलाई सही मान्न नसकिने बताए ।
मेला लगाउन पाउनु पर्ने र नगाउन नहुने पक्ष बिपक्षका बीचमा बिबाद चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालयले मेला रोक्न प्रत्राचार गरेको छ ।
बिबाद चर्किदै गएपछि तुलसीपुर उपमहानगरपालिकाले नै जिल्ला प्रशासनलाई पत्रचार गरि मेला रोक्न आग्रह गरि सकेको छ ।
कार्यापालिकाको बैठकबाट मेला महोत्सव बारे स्पष्ट कार्यबिधि बनाएर मात्रै त्यसबारे निधो गरिने उपमहानगरपालिकाले प्रशासनलाई लेखिपठाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आँफुलाई मंसिर ९ गते नै बिबाद बढेका कारण जिल्ला प्रशासनबाट मेला महोत्सव रोक्नका लागि पत्राचार भइ सकेको हुँदा त्यही अनुरुप आँफु अगाडि बढ्ने जानकारी दिए ।
