२०८१ जेष्ठ १३ गते आइतवार

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड मत गणना ः एकीकृत समाजवादीको २ लाख ८२ हजार नाघ्यो

काठमाण्डौ,मंसिर १४ । प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड मत गणना भएको छ ।

निर्वाचन आयोगको आज बिहान ९ बजेसम्मको विवरण अनुसार एक करोड ८ हजार मत गणना भएको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४ मत ल्याएर दोस्रोमा छ ।

माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले १० लाख ९८ हजार २७५ मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६५४, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७, जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ र नेकपा ९एकीकृत समाजवादी०ले २ लाख ८२ हजार २६२ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरण छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *