२०८१ बैशाख १२ गते बुधवार

मानवअधिकार रक्षकलाई सुरक्षा चुनौती बढेको गुनासो

एक वर्षमा २ सय बढी घटना

तुलसीपुर,मंसिर १३ । महिला मानव अधिकार रक्षक दिबसका सन्दर्भमा तुलसीपुरमा महिला मानव अधिकार रक्षक अभियानको धारणागत स्पष्टता समन्धी छलफल कार्यक्रम भएको छ ।

मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को आयोजना र ओरेक दाङको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

त्यस अवसरमा महिला मानव अधिकारको बारेमा प्रस्तुतीकरण गर्दै ओरेक दाङका जिल्ला सयोजक इस्वरी थापाले पछिल्लो समय मानव अधिकार रक्षकहरूको जोखिम र चुनौति बढेको बताइन ।

‘अहिले पनि मानव अधिकार उल्लंघनका घटनामा आवाज उठाउन खोज्दा अधिकारकर्मिहरुकै काममा औला उठाउने,विभिन्न लान्छाना लगाउने,उनीहरुको स्वतन्त्रता माथी नियन्त्रण गर्ने जस्ता थुप्रै चुनौती भोग्नु परेको छ,थापाले भनिन्,‘महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटनाहरू बढिरहेको अवस्थामा सरोकारवाला निकायहरू यसप्रति गम्भीर हुन जरुरी छ ।’

उनले महिला मानव अधिकारकर्मिहरुको सुरक्षाको लागि उनीहरुले गरेको कामको उचित सम्मान,कामको पहिचान,समन्वय र सहकार्य आवश्यक रहेको पनि तर्क गरिन ।

परम्परा देखि नै चलिआएको पितृसत्तात्मक सोचका कारण नेपालमा वर्षौपिच्छे महिला हिंसाका घटना धेरै हुने गरेको बताउँदै संयोजक थापाले यस्ता खालका घटनालाई न्यूनीकरण गर्न स्थानिय पालिकासग समन्वय र सहकार्य गरि वडा–वडामा सन्जाल बिस्तार गर्नुपर्ने बताइन ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष खुसीराम चौधरीले मानव अधिकार रक्षकहरूको दायित्व र कर्तव्यलाई नैतिक रूपमा पालना गर्न सकेमा चुनौती र जोखिम दुवै कम हुने तर्क गरे ।


‘मानिसको नैसर्गिक अधिकारलाई कसैले पनि हनन् गर्न पाउदैन् चौधरीले भने,‘ हिंसा मुक्त समाज निर्माण गर्नका लागि सबैभन्दा पहिले महिलाको अधिकार र रक्षाका लागि सबैजना जानकार हुन जरुरी छ ।’

वडा सदस्य कमला घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शेशमणि भण्डारी,अधिकारकर्मी पुस्पा लामिछाने,महिला मानव अधिकार रक्षक सन्जाल तुलसीपुरका अध्यक्ष रामशरी चौधरी लगाएतले मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।

उक्त कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम सयोजक कल्पना चौधरीले गरेकी थिइन ।


यसैबिच बितेको एक वर्षमा जिल्लामा २ सय बढी मानव अधिकार उल्लघनका घटनाहरु बढेको इन्सेक दाङको एक तथ्याङक देखाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *