२०८१ बैशाख ११ गते मङ्गलवार

दंगीशरणमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु

प्रमोद आचार्य,दंगीशरण, मंसिर १२ । दंगीशरण गाउँपालिकाका ७ वटै वडामा एकैसाथ राष्ट्रिय परिचयपत्र बनाउने अभियानको शुरुवात हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको सह–आयोजनमा सोमवार एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि तथा वडा सचिबका लागी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

हरेक नागरीकले अनिवार्य रुपमा बनाउनु पर्ने राष्ट्रिय परिचयपत्र बनाउन जनतालार्इ सास्ती भएको जनगुणासोपछि जिल्ला प्रशासन दाङको समन्वयमा हरेक उपमहानगर ,तथा पालिकाका वडामै पुगेर परिचयपत्र बनाउने अभियानलाइ अगाडि बढाएको छ ।

उपमहानगर सकेर पालिकामा प्रबेश गरेको अभियान पालिका अन्तर्गत दंगीशरण बाट सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

त्यस्तै भोलि कर्मचारीहरुले परिचयपत्र बनाउन आवश्यक ब्यबस्थापन गर्ने र पर्सि देखी दंगीशरणका ७ वटै वडामा अभियान सुरु गर्न थालेको गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए । उनले राष्ट्रिय अभियानमा हरेक नागरिकले बनाउनै पर्ने राष्ट्रिय परिचयपत्र उत्साहका साथ अफ्नो आफ्नो वडामा आफ्नो पालो अनुसार सहभागी भर्इ परिचयपत्र बनाउन आग्रह गरे ।

दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा बिभागका प्राबिधिक बिपिन आचार्यले जनप्रतिनिधि तथा वडा सचिबहरुलाइ परिचयपत्र बनाउदा पगर्नु पर्ने काम र चाहिने प्रक्रियाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *