२०८२ मङ्सिर १९ गते शुक्रवार

चुनावमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

काठमाण्डौ,मंसिर १२ । यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका प्रयोग भएका दुई सय १६ वटा घटना सार्वजनिक भएको छ ।

बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज सोमवार एक कार्यक्रम आयोजना गरी मङ्सिर ४ गतेको चुनावमा बालबालिका प्रयोगको दुई सय १६ वटा घटना भएको जानकारी दिएको हो ।

संस्थाले गरेको अध्ययनअनुसार बालबालिका प्रयोगको घटनाअन्तर्गत प्रचारप्रसार तथा र्‍यालीमा एक सय ४४ वटा, घरदैलोमा १२ वटा, आमसभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको थियो ।

संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी सत्ता गठबन्धनका दलहरूबाट बालबालिका प्रयोग भएको बताए । उनले गठबन्धनका दलहरूबाट ९८ वटा घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको बताए ।

गठबन्धनभित्र पार्टीगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२ वटा, नेकपा (माओवादी केन्द्र) ले १३ वटा, नेकपा (एकीकृत समाजवादी) ले आठ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले तीन वटा घटनामा बालकालिकाको प्रयोग गरेको उनले जानकारी दिए ।

अध्यक्ष शर्माले २५ वटा विद्यालय, एक वटा विद्यालय बस र चार जना शिक्षक पनि चुनावमा प्रयोग भएको सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गरे ।

जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा एमालेले १० वटा विद्यालय बसको प्रयोग गरेको उनले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *