२०८२ मङ्सिर २७ गते शनिवार

आवश्यकताको आधारमा कर्मचारी खटाईन्छ,राजनीति नगरौं ः नगर प्रमुख चौधरी

दाङ ,मंसिर १२ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगर भित्र रहेको कुनै पनि मातहतका कार्यालयमा आवश्यकताका आधारमा कर्मचारी खटाउन सकिने अधिकार आफुलाई भएको बताएका छन ।

कार्य क्षमता अब्बल भएका प्रशासनिक कर्मचारीलाई उसको कार्य सम्पादनका आधारमा सरुवा वा कामकाजमा पठाउदैमा राजनीतिक विषय नबनाउन समेत उनले सबैलाई आग्रह गरे ।

‘प्रशासन अधिकृतलाई मेरो निर्देशनमा लमही अस्पतालको व्यवस्थापन गर्न पठाउनुस भनेर प्रमुख प्रशासकीय अधिकृतलाई भनेको हो, यो बारेमा अन्यथा मान्नु पर्ने कुनै कारण नै छैन । छैठौं स्तरको अधिकृत भएकोले ठेडी सरले अप्ठ्यारो मान्नु स्वाभाविक हो तर लमही अस्पतालमा नवौं तहको डाक्टर हुन्छ, ति डाक्टरहरु ठेडी सरको मातहतमा रहेर प्रशासन चलाउने हो अनि कसरी मान मर्दन भयो ? नगर प्रमुख चौधरीले भने ।’

त्यस्तै संस्थागत विषयलाई व्यक्तिगत रुपमा लैजाने जुन गलत क्रियाकलाप भएको छ यो क्रियाकलापले कसैको पनि हित नहुने भन्दै अर्थहीन आआण्डोणा गरेर जनताको सेवा नरोक्न समेत उनले आग्रह गरे ।

‘लमही अस्पतालमा जान मान्नु हुन् भने ठिकै छ, प्रशासनकै काम गर्नुस तर समग्र नगरपालिकाको अहित हुने काम नगर्नुस पनि भनेको हुँ ठेडी लगायत अन्य अधिकृतहरुले मान्नु भएन, यसको जवाफ उहाँहरुले दिनु पर्छ चौधरीले भने,’विषय एउटा छ उहाँहरु अर्कै तिर लागेर आन्दोलन गर्नु भएको छ,घर भित्रको कुरालाई सोसल मिडियाबाजी गरेर दुनियाँ हसाउने काम गर्नु भएको छ,घर भित्रको कुरा हो, चित्त नबुझेको खण्डमा हामी कहाँ आएर यस्तो समस्या भयो भन्ने की रमिता देखाउने ? उहाँहरुले रोजेको प्रमुख प्रशासकीय अधिकृत चाहियो रे, उहाँहरुले भने अनुशारको लेखा अधिकृत चाहियो रे… यो के गर्न खोजेको हो ?नगरपालिकाको कर्मचारी कसलाई ल्याउने कसलाई पठाउने नगर प्रमुखको इछ्या अनुशारको विषय हो ।

लमही नगरपालिकामा कार्यरत कर्मचारीहरुको आन्दोलनले पालिकाका सबै शाखाहरु पूर्णरुपमा बन्द भएका छन ।

लमही नगरपालिकाको प्रशासन अधिकृत महेश थापा ठेडीलाई कामकाजका लागि नगरपालिकाको मातहतमा रहेको लमही अस्पतालमा पठाएपछि उक्त निर्णयप्रति असहमति जनाउदै कर्मचारी आन्दोलित भएको लमही नगरपालिकाले जनाएको छ ।

लमही अस्पतालको प्रशासन फाँटमा पाँचौ तहको कर्मचारी हुन्छ तर नगरपालिकाले अधिकृत छैठौं स्तरको कर्मचारीलाई लमही अस्पतालमा पठाएर अन्याय गरेको आन्दोलनरत कर्मचारीहरुको गुनासो छ ।

यो निर्णयले समग्र कर्मचारीको मान मर्दन भएको छु प्रशासन प्रमुख महेश थापा ठेडीले भने ।

लमही नगरपालिका-४ स्थित नगर स्वास्थ्य केन्द्र घुम्ना चौथो तहको कारारको दरवन्दी हो तर त्यहाँ स्थायी छैठौं स्तरको अधिकृत कुलराज चौधरीलाई कामकाजका लागि खटाइएको छ।

त्यस्तै लमही नगरपालिका-५ स्थित नगर स्वास्थ्य केन्द्र कोलहीमा पनि चौथो तहको कारारको दरवन्दी हो तर त्यहाँ पनि स्थायी पाँचौं तहको हेल्थ असिस्टेन्ट कृष्ण आचार्यले काम गरिरहेका छन ।

लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुलबहादुर केसी नगर प्रमुख हुँदा लमही नगरपालिका- ९ रिहारमा पशु उपसेवा केन्द्र संचालन गर्ने भनेर कुनै पनि तहको दरवन्दी नभएको ठाउँमा स्थायी छैठौं स्तरको अधिकृत खेमराज चौधरीलाई कामकाजका लागि पठाएको रेकर्ड नगरपालिकामा छ ।

दरवन्दी नभएको ठाउँमा स्थायी कर्मचारी सरुवा गर्न मिल्दैन तर कामकाजका लागि पठाउन मिल्ने भएरै पठाएको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको भनाई छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *