तुलसीपुर, मंसिर १० । नव निर्वाचित सांसदहरुले अलपत्र अबस्थामा रहेको घोराही–तुलसीपुरको फोरलेन सडक बनाउन पहल थालेका छन् ।
नवनिर्वाचित सांसदहरुले आज घोराहीमा प्रमाणपत्र बुझ्दै अलपत्र सडक बनाउन चासो देखाएका हुन ।
मुख्य निर्वाचित अधिकृत कृपासुर कार्कीले प्रमाणपत्र हस्तान्तरण गरे लगत्तै आयोजित सर्वपक्षीय बैठक बसेको थियो ।
जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायका प्रमुख, सडक डिभिजन कार्यालय र ठेकदारको बैठक संयुक्त रुपमा बसेको थियो ।
बैठकमा बोल्दै नवनिर्वाचित सांसद रेखा शर्माले घोराही तुलसीपुरको फोरलेन सडकको काम थाल्ने उल्लेख गरिन ।
भोली नै काठमाडौबाट फोरलेन सडकका बिषयका छलफल गर्न मन्त्रालयको टोली दाङ हिडेको नवनिर्वाचित सांसद रेखा शर्माले जानकारी दिइन ।
प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
