२०८१ बैशाख १० गते सोमवार

आँफु र पार्टीले हारेको भन्दै लुम्बिनीका माओबादी अध्यक्षले दिए राजिनामा


बुटवल, मंसिर १० । नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन ।
मंसिर ४ गतेको निर्वाचनमा लुम्विनी प्रदेशमा नेकपा माओवादी केन्द्रको पराजय भएपछि आँफुले राजिनामा दिएको उनले बताए ।

बराल आँफै गुल्मीको निर्वाचन क्षेत्र १ (१) का उम्मेदवार थिए । उनी नेकपा एमालेका चिन्तामणी पाण्डेसँग पराजित भएका थिए। बराललाई माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो ।
यतिखेर लुम्विनी प्रदेशमा सत्ता गठबन्धनको नेतृत्व माओवादी रहेको थियो। अहिले नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले ५ सिट मात्र जितेको छ ।

२०७४ को प्रदेशसभा तर्फ माओवादीले एमालेसँगको बाम गठबन्धन हुँदा समानुपातिक सहित १९ सिट जितेको थियो।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *