२०८१ जेष्ठ ११ गते शुक्रवार

बिजयीको श्रेय आम–जनता ः दीपक गिरी


तुलसीपुर,मंसिर ९ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले बिजयीको श्रेय आम–जनता रहेको भन्दै आभार तथा धन्यवाद प्रकट गरेका छन ।

शुक्रवार तुलसीपुरमा आयोजित बिजयी ¥यालीपछि कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित गिरीले जनताले दिएको जिम्मेवारीलाई दायित्व बोध गर्दे दाङ जिल्लाको समग्र बिकास र संविधान र लोकतन्त्रको रक्षाको लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।

टरिगाउँ एयेरपोर्टलाई स्तरबृद्धि गरि चलायमान बनाउने,राप्ती प्रादेशिक अस्पताललाई सुपर इस्पेशलस्ट बनाउने,चारलेन सडकलाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने,युवा रोजगार,महिलालाई उद्यमशिलता बनाउन सीप बिकासका कार्यक्रमहरु ल्याउने पनि गिरीले बताए ।

पुर्व मन्त्री समेत रहेका गिरीले अब देश भ्रष्टाचार हटने तर्फ समेत गरे ।

कार्यक्रममा दाङ क्षेत्र नं.३ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्बाचित डिल्ली बहादुर चौधरीले मतदाताको शिर नझुक्ने गरि जनता सामु काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

त्यस्तै क्षेत्र नं.३ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्बाचित धनबहादुर मास्कीले पश्चिम दाङको सम्रग बिकास र हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगत बहादुर खडका को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पुर्ण केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *