२०८१ जेष्ठ १६ गते बुधवार

जित पछि तुलसीपुरमा पोखिएको खुसी (तस्बिरहरु)

तुलसीपुर, मंसिर ९ । गठबन्धन दलहरुले दाङका बिभिन्न सहरमा शुक्रबार बिजय ¥याली निकाले । दाङ ३ नं. क्षेत्रको तुलसीपुरमा , २ नं. क्षेत्रको घोराहीमा र १ नं. क्षेत्रको बिजय ¥याली लमहीमा निकालिएको थियो । पाँच दलले मिलेर निकालेको ¥यालीमा सयौं सर्वसाधारण सहभागि थिए ।

तुलसीपुरमा शुक्रबार बिहान साढे ११ बजेदेखि तुलसीपुर–अमेलिया सडक खण्डस्थित सम्पर्क कार्यालयबाट गठबन्धनको बिजय ¥याली सुरु भइ ‘ङ’ लाइन हुँदै बसपार्क र बीरेन्द्र चोक हुँदै नगरपालिका लाइन हुँदै बाहिनी चोबाट फेरि घुमेर बीपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।


दाङ निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गिरी लुम्बिनी प्रदेशका रोल्पा, प्यूठान, रुकुम पूर्व लगाएका जिल्लाहरु मध्य प्रतिनिधिसभामा टिकट पाएर जित्ने एक्ला नेता हुन ।


त्यस्तै ३ (१) बाट काँग्रेसकै डिल्लीबहादुर चौधरी र ३(२) बाट नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्की निर्वाचित भएपछि संयक्तु रुपमा उनीहरुले तुलसीपुर बजारमा बिजय ¥याली निकालेका थिए ।

चौधरी हाल लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री हुन । बिजय ¥यालीमा सयौं सर्वसाधारण सहभागि थिए । बाजा गाजासहित नाच्दै गाउँदै अभिर जात्रा गर्दै उनीहरुले खुसी साटेको देखिन्थ्यो । निर्वाचित सांसदहरु भने गाडीमा बसेर सर्वसाधारणलाई हात हल्लाउँदै बजार परिक्रर्मा गरेका थिए । दिउँसो ३ बज्दासम्म पनि तुलसीपुरको बीपी चोकमा गठबन्धन दलको संयुक्त कार्यक्रम जारी थियो ।


कार्यक्रममा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका कार्यसमितिले निर्माण गरेका पाँच÷पाँच किलोका सयपत्रीको माला तीनै जना निर्वाचित सांसदहरुलाई नगर सभापति सुरेश हमालले लगाएर स्वागत गरेका थिए । दाङको निर्वाचन क्षेत्र नं. २ अन्तरगत घोराहीमा पनि शुक्रबार बिजयी ¥याली निकालिएको थियो ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओबादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा, २ (१) मा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनाल र २ (२) मा काँग्रेसकै युवा नेता प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) निर्वाचित भएका छन् ।


क्षेत्र नं. १ को लमही बजारमा पनि शुक्रबार गठबन्धन दलहरुले बिजय ¥याली निकाले । यहाँ प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी, १(१) मा माओबादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु र १(२) मा नेपाली काँग्रेसका युवा नेता अनुराग खड्का निर्वाचित भएका थिए ।


दाङमा सबै गठबन्धनका उम्मेदवार बिजयी भएका थिए । नेकपा एमालेले यहाँ एक ठाउँमा पनि बिजय हासिल गर्न सकेन । त्यही भएर पनि गठबन्धन दलहरुको खुसी सडकमा बिजय ¥यालीका रुपमा पोखिएको हो ।


तर, गठबन्धन दलहरुका समर्थक र नेताहरु भने निर्वाचन मार्फत संविधान चाहाने र नचाहाने तथा यथास्थितिबादी र अग्रगमणकारी शक्ति बीचको लडाइनमा प्राप्त बिजयलाई जनताले उत्सवका रुपमा मनाएको कुरालाई अन्यथा अर्थ लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।


कतिपय सर्वसाधारणले बिजय ¥यालीका नाममा सर्वसाधारणले दिनभर जसो सास्ति बेहोर्ने गरि ¥याली निकाल्ने परम्परागत सैलीलाई रचनात्मक मान्न नसकिने गुनासो गरेका थिए । बिजय ¥यालीका क्रममा जिल्लाका प्रमुख सहरहरुको यातायात ब्यबस्थापन केही बेर ठप्प प्राय बनेको थियो ।

जित पछि बिहीबार रातिमा तुलसीपुर बजार क्षेत्रमा केही बेर ब्यापक रुपमा पटाकाहरु पड्काइएका थिए । त्यसको पनि कतिपय समाजिक संजाल प्रयोगकर्ता सर्वसाधारणले आलोचना गरेको देखिन्थ्यो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *