तुलसीपुर, मंसिर ८ ।प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दीपक गिरीले फरककोन सग कुरा गर्दै समग्र दाङको विकास र समृद्धिका लागि भूमिका खेल्ने बताएका छन् ।
सबैको एकता, सहकार्य र साझा प्रतिबद्धताका साथ बिकास निर्माणको काममा खटिने उनले बताए ।
कसैको मन नदुखाई पाँच बर्षमा जनताकै सेवामा लाग्ने उनले बचत बद्धता ब्यक्त गरे ।
संविधान, लोकतन्त्र,गणतन्त्रको रक्षा र दाङको विकासका लागि ल्याएको एजेण्डा जनताले मन पराएकाले ती एजेण्डा अनुमोदन गरिदिएको उनले तर्क गरे ।
यसअघि पनि लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा काम गरिसकेको भन्दै उनले अब दाङलाई समृद्ध बनाउन आफुलाई नै जिल्लाबासीले पर्खीरहेको उनले बताए ।
उनले मुख्य गरि टरिगाउँ एयरपोर्टको स्तरबृद्धि, सडकहरुको स्तरबृद्धि र ब्यबस्थित अस्पताल निर्माणमा भूमिका खेल्ने जानकारी दिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
