दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् ।
६४२१३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२२२८ मत प्राप्त गरेका छन् ।
उनकी निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७२६३ मत प्राप्त गरेकी छन् । हाल मेटमणि र शान्ता बीचको मतान्तर ४९६५ रहेको छ ।
अब यहाँ १४४८५ मत गणना हुन बाँकी छ । यो निर्वाचन क्षेत्रमा ८०७ ०० सय मतदान भएको थियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार