दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी पाँच हजार बढी मतान्तरले अगाडि पुगेका छन् ।
पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले २३८३२ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १८४९१ मत प्राप्त गरेकी छन् ।
काँग्रेसका गिरी र एमालेकी वली भन्दा ५ हजार ३ सय ४१ मतले अगाडि छन् । हालसम्म ५७ हजार ७ सय ६२ मत गणना भएको छ । अब ३२ हजार ४ सय १८ मत गणना हुन बाँकी छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले ९ हजार ६ सय ९६ मत प्राप्त गरेका छन् ।
कुल मतदाता १४६४७५ रहेकोमा ९०१५० मत खसेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
