दाङ, मंसिर ८ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओबादी केन्द्रकी रेखा शर्मा खड्का निर्वाचित भएकी छन् ।
उनले नेकपा एमालेका महासचिव शंकर पोखरेल १९६ मतान्तरले पराजित गरेकी हुन ।
७९ हजार ४ सय ४६ मत गणना गर्दा पूर्व मन्त्रीसमेत रहेकी रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन ।
एमाले महासचिव शंकरले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए । रेखाले शंकरलाई १९६ मतान्तरले पराजित गरेकी हुन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
