दाङ, मंसिर ८ । दाङ प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) निर्वाचित भएका छन् ।
युवा नेता न्यौपाने ७२४ मतान्तरले बिजयी भएका हुन ।
न्यौंपानेले १७४२३ र उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरेका छन् ।
केसी एमाले दाङका संस्थापक नेता मध्यका मानिन्छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
