तुलसीपुर, मंसिर ८ । दाङ प्रदेशसभा ३ (क) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी जित नजिक पुगेका छन् ।
३५०९६ मत गणना गर्दा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चौधरीले १७०२२ मत प्राप्त गरेका छन् ।
उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १२६६५ मत प्राप्त गरेका छन् ।
काँग्रेसका मन्त्री चौधरी एमालेका पाण्डे भन्दा अहिले सम्म ४३५७ मतान्तरले अगाडि छन् । अब यहाँ करिब पाँच हजार जति मत गणना हुन बाँकी छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार