दाङ, मंसिर ७ । रुकुम पूर्व प्रदेशसभा (ख) मा काँग्रेसका धनबहादुर केसी निर्वाचित भएका छन् । चार हजार ८ सय ६२ मत प्राप्त गरि केसी निर्वाचित भएका हुन ।
स्वतन्त्र उम्मेदवार नरहरि खड्काले दुई हजार २ सय ४४ मत प्राप्त गरेका थिए । केसी दुई हजार ६ सय १८ मतान्तरले बिजयी भएका हुन ।
यहाँ नेकपा एमालेका भावना बिसीले एक हजार ८ सय ६३, स्वतन्त्र उम्मेदवार केशव रावलले ८ सय ४०, राप्रपाका केशवचन्द्र समालले २ सय ६६ मत प्राप्त गरेका थिए ।
निर्वाचित केसी पहिलो पटक निर्वाचनमा भिडेका थिए । प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मंगलबार नै निर्वाचित भइ सकेका थिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
