दाङ, मंसिर ७। रोल्पामा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन प्रतिष्पर्धी भन्दा दोब्बर बढी मतान्तरले अगाडि पुगेका छन् ।
पछिल्लो मत परिनाम अनुसार पूर्व अर्थमन्त्री पुनले १८२०६ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका पुर्ण बुढाले ७६०८ मत प्राप्त गरेका छन् ।
उनीहरु बीचको मतान्तर १०५९८ रहेको छ । यो २९९७४ मत गणना गर्दाको परिनाम हो । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा ६७ हजार २८ मत खसेको थियो ।
यहाँ राप्रपाका लिला रावतले १२३२ र राप्रपा नेपालका रामबहादुर वलीले ४१५ मत प्राप्त गरेका छन् । प्रदेशसभा (क) मा माओबादीका जोखबहादुर महरा बिजयी भइसकेका छन् ।
महराले १९ हजार ४ सय २५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीले जम्मा ५४०५ मात्रै प्राप्त गरेका थिए। महराले बुढाथोकीलाई १४०२० मतान्तरले पराजित गरेका हुन ।
त्यस्तै प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार अगाडि छन् । माओबादी जिल्ला इञ्चार्जबाट राजिनामा दिएका जितेन्द्रकुमार पुन २५१९७ मत गणना हुँदा १०५९१ मतका साथ अगाडि छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेस लुम्बिनी प्रदेसका सभापति अमरसिंह पुनले ७५२६ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर अहिले सम्म ३०६५ रहेको छ ।
यो करिब २७ हजार मत गणना गर्दाको परिनाम हो । यहाँ ३७ हजार १ सय ५३ मत खसेको छ ।